PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

त्रिशूलीमा बस खस्दा मृत्यु हुने ३६ वर्षीय सहचालकको पहिचान खुल्यो



पहिलोपोस्ट

चितवन : त्रिशूली नदीमा बस खस्दा मृत्यु भएका पुरुषको सनाखत भएको छ। नारायणगढ–मुग्लिन सडक खण्डको रिद्धिखोला नजिक त्रीशूलीमा मंगलबार यात्रुबाहक बस खस्दा मृत्यु हुनेमा सहचालक रुपन्देही तिलोत्तमा नगरपालिका २० का ३६ वर्षीय जनक महतो रहेका छन्। उनको उपचारका लागि भरतपुरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।
 
काठमाडौंबाट भैरहवाका लागि छुटेको लु १ ख ७३९१ नम्बरको रात्रिबस दाहाखानी–६ को रिद्धिखोला नजिकै त्रिशूली नदीमा खसेको थियो। सो घटनामा एक बेपत्ता छन् भने ९ जना घाइते भएका छन्। घाइते ८ जनाको कलेज अफ मेडिकल साइन्स भरतपुरमा र एकको काठमाडौंमा उपचार भइरहेको छ। बसमा चालक तथा सहयोगी समेत गरी जम्मा ११ जना मात्र थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell