PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

क्लिन्टन-ट्रम्पबीचको अन्तिम बहस बुधबार राति



पहिलोपोस्ट

क्लिन्टन-ट्रम्पबीचको अन्तिम बहस बुधबार राति

वासिङटन : अमेरिकाको राष्ट्रपति पदका लागि उम्मेदबार रहेका डेमोक्र्याटिकतर्फकी हिलारी रोधाम क्लिन्टन र रिपब्लिकक डोनाल्ड ट्रम्पबीच बुधबार राति अन्तिम संयुक्त बहस हुने भएको छ।

मतदान हुनुभन्दा २० दिन अगाडि उनीहरुको अन्तिम संयुक्त बहस हुन लागेको हो। त्यो रात अमेरिकी राजनीतिका लागि एउटा महत्वपुर्ण रात पनि मानिने छ।

स्थानीय समयअनुसार साँझ ६:०० बजे बहस सुरु हुने बहस ९० मिनेटको हुनेछ। बहस लस भेगसमा रहेको नेभादा विश्वविद्यालयमा हुनेछ।

वहसका लागि दुवै उम्मेदवारलाई पहिले वहसमा जस्तैगरी राखिने छ। लामो समयदेखि राजनीतिक विषयमा रिपोर्टिङ गर्दै आएका ६९ वर्षीय क्रिस वाल्सले सञ्चालन गर्ने सो कार्यक्रम अमेरिकाका अधिकांश टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछन्।

यसअघि पहिलो वहस २६ सेक्टेम्बरमा भएको थियो भने दोस्रो वहस अक्टोवर ९ मा भएको थियो। दुवै वहसपछि हिलारी थप लोकप्रिय देखिएकी छिन्।

पछिल्लो पटक गत सोमबार गरिएको मत सर्वेक्षणमा पनि हिलारी क्लिनटन नै अगाडि छिन्। महिला विरुद्धका विवादित अभिव्यक्तिका कारण ट्रम्प अझ पछाडि परेका सर्वेक्षणकर्ताले जनाएका छन्।

करिब एक हप्ता अगाडि मिसाउरी राज्यको सेन्ट लुइसमा अवस्थित एक विश्वविद्यालयमा आयोजित दोस्रो पटक प्रत्यक्ष टेलिभिजन बहसमा पनि ट्रम्पले महिलाको सम्बन्धमा अतिशयोक्ति गरी बोलेको श्रब्यदृष्य (भिडियो टेप) सार्वजनिक गरिएको थियो। रासस/एएफपी/एपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell