PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

तिहारमा हुन सक्ने आगलागी नियन्त्रणका लागि जुद्ध वारुण यन्त्रको तयारी



पहिलोपोस्ट

तिहारमा हुन सक्ने आगलागी नियन्त्रणका लागि जुद्ध वारुण यन्त्रको तयारी

काठमाडौं : दीपावलीमा हुन सक्ने आगलागीलाई नियन्त्रण गर्ने जुद्ध वारुण यन्त्र कार्यालयले विशेष सचेतनामूलक कार्यक्रम ल्याउने भएको छ।
 
कात्तिक ६ गतेबाट १२ गतेसम्म कार्यालयले राजधानीका विभिन्न स्थानमा सचेतना कार्यक्रम गर्न लागेको हो। सहरका मुख्य सडकमा विद्यार्थी, स्काउट लगायत विभिन्न वर्गका व्यक्तिहरुलाई आगलागी नियन्त्रणका लागि केके गर्न सकिन्छ भन्ने विषयमा सचेत गराउन लागिएको वारुण यन्त्र कार्यालयका प्रमुख किशोरकुमार भट्टराईले बताए। 'आगलागी भएपछि नियन्त्रणमा लिनुभन्दा लाग्नै नदिनु उपयुक्त ठानेर यस्तो कार्यक्रम बनाएका हौं,' उनले भने।

तिहारका बेला पटका, आतेसबाजी र बढी बत्ती बालिने भएकाले आगलागीका घटना बढी हुने गरका छन्। यसबाट लाखौंको धनमाल क्षति हुनुका साथै मानवीय क्षति समेत हुने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell