PahiloPost

May 30, 2025 | १७ जेठ २०८२

राजनीतिक खिचातानीले शिलान्यास भएको ५ वर्षमा पनि बनेन पुल, छिटो सक्न स्थानीयको माग



पहिलोपोस्ट

राजनीतिक खिचातानीले शिलान्यास भएको ५ वर्षमा पनि बनेन पुल, छिटो सक्न स्थानीयको माग

भोजपुर : अरुण नदीको निर्माणाधीन पक्की पुल पाँच वर्ष बितिसक्दा समेत सम्पन्न नभएको भन्दै भोजपुरका नागरिकरुहले तुम्लिङ्टार सडक डिभिजन कार्यलयमा ज्ञापनपत्र बुझाएका छन्।
 
भोजपुर र संखुवासभाको सिमाना भएर बग्ने अरुण नदीमाथिको तुम्लिङ्टार-लम्छुवा-दिङ्ला जोड्ने पक्की पुल निर्माण कार्य अलपत्र परेपछि भोजपुरका नागरिकले एक वर्षभित्र सम्पन्न हुनेगरी काम थाल्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन्।
 
तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०६८ साल मंसिरमा पुलको शिलान्यास भए पनि जिल्लाका राजनीतिक दलका नेताहरुले पुललाई चुनावी नारा बनाई भोटबैंको रुपमा प्रयोग गर्ने गरेको नागरिक अगुवा सुमन लम्सालले बताए।
 
अनुगमन समितिका संयोजक प्रकाश पौडेलले पुल अभावकै कारण हरेक महिनाजसो समयमा उपचार नपाएर महिला तथा बालबालिकाले ज्यान गुमाउनुपरेको बताए।

ज्ञापनपत्र बुझ्दै सडक डिभिजन कार्यलयका प्रमुख कृष्ण ओझाले नागरिकको दबाबले थप काम गर्न सहयोग पुग्ने बताएका छन्। केही प्राविधिक समस्याका कारण ढिला भएको भन्दै तिहारपछि लगत्तै काम सुरु हुने दाबी गरे। उनका अनुसार हाल पुलको लम्बाइ ८७ दशमलव २ मिटर थपेर लम्बाइ २ सय ४७ दशमलव २५ मिटर बनाउनुपर्ने भएको छ।
 
१४ करोड लागतमा पुल निर्माण कार्य दुई वर्षअघि नै सम्पन्न हुनुपर्ने भए पनि राजनीतिक खिचातानीकै कारण डिजाइन परिवर्तन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell