PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

संविधान संशोधनको ड्राफ्ट अन्तिम चरणमा : प्रधानमन्त्री



पहिलोपोस्ट

संविधान संशोधनको ड्राफ्ट अन्तिम चरणमा : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन र स्थानीय निकायको चुनाव सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
 
आज व्यवस्थापिका संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधान संशोधनको पहिलो ड्राफ्ट अन्तिम चरणमा रहेको पनि खुलासा गरे। 'अहिले सरकार मुख्यत: संविधान संशोधन गरेर संविधान कार्यन्वयनमा नै जुटेको छ,' उनले भने, 'तिहारपछि नै संविधान संशोधनको प्रक्रिया अघि बढ्छ। ढुक्क भए हुन्छ।'
 
सरकारले आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट समस्या समधान गर्न खोजिरहेको पनि उनले बताए। 'संविधान संशोधन प्रक्रियामा विपक्षी दलहरुलाई कसरी जुटाउन सकिन्छ भनेर हामीले हदैसम्म प्रयार गरेका छौं,' प्रधानमन्त्रीले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell