PahiloPost

Dec 26, 2025 | ११ पुष २०८२

'भूतनाथ'का निर्देशक विवेक नेपाली फिल्मको निर्देशन गर्दै



पहिलोपोस्ट

'भूतनाथ'का निर्देशक विवेक नेपाली फिल्मको निर्देशन गर्दै

काठमाडौं : चर्चित बलिउड फिल्म 'भूतनाथ' निर्देशक विवेक शर्मले नेपाली फिल्म निर्देशन गर्ने भएका छन्।
 
निर्माता, निर्देशक एवं अभिनेता रोज राणाले निर्माण गर्न लागेको 'मेरो पैसा खै' घोषणासँगै निर्देशकमा विवेक घोषित भएका हुन्।
 
रेदाअंश सिने आर्ट्सको ब्यानरमा फिल्म बन्न लागेको हो। मिडियामाझ प्रस्तुत हुँदै निर्देशक शर्माले फिल्मको विषय खुलाए। पैसाकै कारण कसैको जीवनमा आउने उचारचढाव र त्यसको प्रभाव फिल्मको मूल कथा रहने उनले बताए। कमेडी विधामा बन्ने फिल्मका लागि कलाकारहरु भने चयन भएका छैनन्।
 
फिल्म घोषणा भएलगत्तै द्वन्द्व निर्देशकमा चन्द्र पन्त पनि यसमा अनुबन्धित भएका छन्।
 
साँघुरो मार्केट भएको नेपाली फिल्म इन्डस्ट्रीमा हात हाल्नुको कारणबारे पत्रकारले सोधेको प्रश्नमा निर्देशक शर्माले भने, 'म यहाँ पैसाको लागि काम गर्न आएको होइन। रोज राणासँगको सहकार्य गर्न पाउँदा ज्यादै उत्साही बनेको छु।'
 
भारतको मुम्बई तथा नेपालको मुस्ताङ, पोखरा, काठमाडौंमा फिल्मको छायांकन हुनेछ। फिल्मलाई ११ फरक भाषामा डब गर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell