
बलिउडका मेगास्टार अमिताव बच्चनले रामगोपाल वर्माको सुपर हिट फिल्म सरकारको तेस्रो सिक्वेल सरकार ३ मा काम थालेका छन्। सरकार, सरकार राजपछि बन्न लागेको यो फिममा पनि उनी सुवास नागरेकै भूमिकामा देखिनेछन्।
अमिताव बच्चनले फिल्ममा काम थालेको माइक्रोब्लगिङ साइट ट्विटरमार्फत् सार्वजनिक गरे। सरकार ३ को पहिलो दिन भन्दै उनले काम थालेको जनाएका हुन्।
यसपटकको सिक्वेलमा रोहिणी हतंगडी, जैकी श्रफ, मनोज वाजपेयी, भारत धावोलकर, अमित सद र यमी गौतमलाई देख्न पाइनेछ। रामगोपालको व्लकवस्टर फिल्म रंगीलमा पनि जैकी लिड रोलमा थिए।T 2414 - SARKAR 3 ka pehla din !! First day !! Larger, intriguing and oh so unpredictable !! pic.twitter.com/oe1g9dHrG9
— Amitabh Bachchan (@SrBachchan) October 18, 2016
सरकारको यो सिक्बेलमा अभिषेक बच्चन र ऐश्वर्य राय वच्चन भने देखिने छैनन्।