
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समयसीमाभित्र स्थानीय निकायको चुनाव सम्पन्न नभए देश दुर्घटना फस्ने बताएका छन्। बुधबार व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै दाहालले माघ ७ गते सम्म स्थानीय निकायको चुनाव भइसक्नुपर्ने बताए। दाहालले भने, ‘अझै देशमा संकटको चुनौती हटिसकेको छैन। चुनाव नभएसम्म संविधान संकटमा नै रहेको छ।‘
दाहालले राष्ट्रिय हितको लागि सबै राजनीतिक दलहरु एक भएर लाग्न समेत आह्वान गरे। संविधानको स्वीकार्यतालाई फराकिलो पार्न राष्ट्रिय सहमतिको समेत आवश्यक भएको दाहालले बताए। उनले भने, ‘राजनीतिक दलहरु बीच फरक फरक मतअभिमत भए पनि संविधान कार्यान्वयनको विषयमा भने सबै एक भएर लाग्नुपर्छ।‘
संविधान कार्यान्वयनको लागि सरकार जुनसुकै कुरामा लचकता अपनाउने समेत दावी गरे। प्रधानमन्त्री दाहालले आन्दोलनरत दलका जायज मागलाई सम्बोधन गर्नेसमेत बताए।
फोटो : रासस