PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

४ सय वर्ष पुरानो बुद्धको मूर्ति चोर्ने ४ जना पक्राउ



पहिलोपोस्ट

४ सय वर्ष पुरानो बुद्धको मूर्ति चोर्ने ४ जना पक्राउ

काठमाडौं : ४ सय वर्ष पुरानो बुद्धको मृर्ति चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
 
महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले ललितपु्र नौदोबहालमा रहेको बुद्धको मुर्ति चोर्नेलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक भीमखोरी-३ घर भई बनेपा बस्ने ३६ वर्षीय गणेशलाल श्रेष्ठ, रामेछाप गाउसरा-४ घर भई ललितपुर इमाडोल बस्ने ५३ वर्षीय मानबहादुर मगर, दोलखा लाँकुरीडाँडा घर भई बनेपा बस्ने ४६ वर्षीय वासुदेव भनिने मीनबहादुर खत्री र ललितपुर खोकना- ४ घर भई ललितपुरको गाबहाल बस्ने ६२ वर्षीय तीर्थ डंगोल पक्राउ परेका हुन्।
 
उनीहरुले मन्दिरको बाहिरपट्टिको कच्ची गारो प्वाल पारी भित्र गई ढोकामा लगाएको ताल्चा काटेर सुनको जलप लगाएको बहुमूल्य प्राचीन मूर्ति र गहरगहना चोरी गरेको प्रहरीको भनाइ छ। पक्राउ परेका ४ जनालाई नै ललितपुर जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell