
गौरी सिन्धेको डियर जिन्दगीको पहिलो टिजर सार्वजनिक भएको छ जसमा जोडी बाँधिएका छन् शाहरुख र आलिया भट्ट। एक मिनेट लामो भिडियोमा ५० वर्ष नाघेका हिरोले भर्खर २३ वर्ष लागेकी हिरोइन आलियालाई जीवन दर्शन बुझाइरहेको देखिन्छ।
शाहरुखले ट्विट गर्दै जीवनको सुखद यात्रा थालनी भएको भन्दै टिजर सार्वजनिक गरेका छन्।
भिडियोमा शाहरुखले आलियालाई जीवन एक खेल भएको बताउँदै आफ्नो विगत सुनाइरहेको देखिन्छ।And so it begins. The sweet journey of life... Here you go, @aliaa08 . #DearZindagiTake1
— Shah Rukh Khan (@iamsrk) October 19, 2016
https://t.co/eXBegUM86g
इङलिस भिङलिसबाट निर्देशनमा डेब्यु गरेकी सिन्धेले शाहरुख र आलियालाई घत पार्ने शैलीमा उतारेकी छिन्।
उनैले लेखेको कथामा बनेको फिल्ममा शाहरुख पत्नी गौरी खान र करन जोहरले लगानि गरेका छन्।
नोभेम्बर २५ मा रिलिज तय गरिएको फिल्ममा आदित्य रोय कपुर, अली जाफर, कुनाल कपुर र अंगद वेदीको अभिनय हेर्न पाइनेछ।