PahiloPost

May 30, 2025 | १७ जेठ २०८२

बन्यो महाभियोग सिफारिस समिति, ११ सदस्यमा कोको?



पहिलोपोस्ट

बन्यो महाभियोग सिफारिस समिति, ११ सदस्यमा कोको?

काठमाडौं : व्यवस्थापिका संसदको आजको बैठकले महाभियोग सिफारिस समिति गठन गरेको छ।

११ सदस्यीय समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका ४/४, नेकपा माओवादी केन्द्रका २ र राप्रपा नेपालबाट १ जना रहेका छन्। कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, फरमुल्लाह मन्सुर, दीपक कुँइकेल र कुमारी लक्ष्मी राई सदस्य छन् भने एमालेबाट सुशीला नेपाल, केशव बडाल, पार्वत गुरुङ र रेवतीरमण भण्डारी छन्। माओवादी केन्द्रबाट अमनलाल मोदी र रामनारायण बिडारी सदस्यमा छन्। राप्रपा नेपालबाट भने प्रमुख सचेतक दीलनाथ गिरी यो समितिमा छन्।
 
संविधानमै भएको व्यवस्था कार्यान्वयनका लागि समिति बन्न लागे पनि अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथि संसदमा चर्को बहस सुरु भएकै दिन हिजो यो प्रक्रिया अघि बढेको थियो।
 
नेपालको संविधानको धारा १०१ मा महाभियोग सम्बन्धी व्यवस्था छ। महाअभियोग लगाउने आधार र कारण विद्यमान भए/नभएको छानविन गरी सिफारिस गर्न संसदीय समिति रहने परिकल्पना संविधानले नै गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell