PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

१२ करोड ठगीको आरोपमा गीतकार संघका अध्यक्ष दाहाल पक्राउ



पहिलोपोस्ट

१२ करोड ठगीको आरोपमा गीतकार संघका अध्यक्ष दाहाल पक्राउ

काठमाडौं : ठगीको आरोपमा गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाललाई प्रहरीले पक्राउ गरेको छ।
 
१२ करोडभन्दा बढी रुपैयाँको ठगी भएको किटानी जाहेरी परेपछि दाहाललाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी ईश्वर कार्कीले पहिलोपोस्टलाई बताए।
 
अध्यक्ष दाहाललाई उनकै निवास बालुवाटारबाट पक्राउ गरिएको हो। दसैंअघि नै उजुरी परेकाले आवश्यक अनुसन्धानको लागि पक्राउ गरिएको डिएसपी कार्कीले बताए।
 
अध्यक्ष दाहालले आफू कार्यरत अलकत्र उत्पादन गर्ने बिटविन ब्यारेल लिमिटेडमा आर्थिक हिनामिना गरेको उजुरी परेको छ। दाहाल गीतकार संघमा केही समयदेखि दोस्रो पटक अध्यक्षको जिम्मेवारी सम्हालिइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell