PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

हरिण सिकारको मुद्दामा सलमानको सकिएन सास्ती



पहिलोपोस्ट

हरिण सिकारको मुद्दामा सलमानको सकिएन सास्ती

बलिउड स्टार सलमान खानलाई निर्दोष ठहर गर्ने उच्च अदालतको निर्णयविरुद्ध राजस्थान सरकारले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। सन् १९९८ मा हरिणको सिकार गरेको मुद्दामा हाइ कोर्टबाट सफाइ पाए पनि सलमान खानको संकट सकिएको छैन

‘राजस्थान सरकारले चालेको कदमले केही राहत दिएको छ,’ जनावरको अधिकारका लागि संघर्षरत एस विसोनीले भने। राजस्थानका एडिसनल एड्भोकेट जनरल शिभमंगल शर्माले उनीमाथिको विशेष सुनुवाई छिटै हुने जानकारी दिए।

गत जुलाइमा राजस्थान हाइ कोर्टले  हरिणको सिकार प्रकरणमा सलमान निर्दोष रहेको फैसला दिएको थियो। फिल्म हम साथ साथ है को सुटिङको क्रममा हरिन सिकार भएको थियो।

यही मुद्दामा सलमान सन् २००७ मा एक साता जेलमा बसिसकेका छन्। 

हाइ कोर्टले सलमानको पक्षमा फैसला सुनाएको भए पनि राजस्थान सरकारले भने उनलाई समातेर पुन: जेलमा पूरै समय राख्नुपर्ने आरोपपत्रमा किटानी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell