PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

विकास रनिङ शिल्ड : मनाङ मर्स्याङ्दीको सहज जित, प्रतिस्पर्धात्मक खेलमा झापा ११ ले पुलिसलाई हरायो



पहिलोपोस्ट

विकास रनिङ शिल्ड : मनाङ मर्स्याङ्दीको सहज जित, प्रतिस्पर्धात्मक खेलमा झापा ११ ले पुलिसलाई हरायो

सरिता पौडेल 
चितवन :
नारायणगढको क्याम्पाचौरमा जारी  १२ अाै‌ँ टुबोर्ग विकास रनिङ शिल्ड अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा विजयी हुँदै मनाङ मर्स्याङ्दी र झापा ११ क्वाटरफाईनलमा प्रवेश गरेको छन्।  

क्याम्पाचौरमा भएको पहिलो खेलमा ए डिभिजन क्लब मनाङले भारतको युनाईटेड क्लव सिवानलाई ४–१ ले पराजित गर्‌यो

मनाङको जितमा ओलावालेले २४ औं र ५५ औं मिनेटमा २ गोल गरे भने बिमल बस्नेतले २४ औं र साजन महर्जनले ८६ औं मिनेटमा १/१ गोल गरे। सिवानका लागि रंजित आलेले एक मात्र गोल ३९ औं मिनेटमा गरे। २ गोल गरेका ओलावाले 'म्यान अफ द म्याच' घोषित भए। 

यता प्रतिस्पर्धात्मक बनेको दिनको दोस्रो खेलमा मोफसलको झापा ११ ले विभागिय टीम नेपाल पुलिसलाई ३–२ ले हरायो। झापाका विकास राईले २६ औँ मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको अतिरिक्त समयमा पुलिसका निर कुमार राईले गोल फर्काएपछि पहिलो हाफ बराबरीमा सकिएको थियो। 

दोस्रो हाफमा झापाले सुधारिएको प्रदर्शन गर्यो। ५९ औँ मिनेटमा प्रशान्त मगरले गोल गर्दै झापालाई पुनः अग्रता दिलाए। ६६ औँ मिनेटमा विकास लिम्बुले गोल गरपछि झापाले ३-१ को अग्रता बनायो। ७६ मिनेटमा पुलिसका जुमनु राईले गोल फर्काए पनि टीमलाई जित दिलाउन पर्याप्त भएन।

पहिलो हाफको झापाको दबदबालाई प्रहरीका जुमानु राईले चिर्ने प्रयास गरेपनि दुईवटा राम्रो गोलको अवसर गुमाउदा खेलमा हार बेहोर्नु पर्‌यो। खेलको 'म्यान अफ द म्याच' झापाका विकास लिम्बु घोषित भए। 

'म्यान अफ द म्याच' बनेका दुवै खेलाडीले जनही १० हजार पुरस्कार हात पारे।

प्रतियोगिता अन्तर्गत विहिबार मोरङ फुटबल क्लब र एपेक्स फुटबल क्लब भारत बीच प्रतिस्पर्धा हुनेछ।

चितवनको फुटबलमा सर्बाधिक नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले रनिङ शिल्ड, मेडलसहित नगद ३ लाख र उप–विजेताले ट्रफी, मेडलसहित एक लाख ५० हजार पुरस्कार पाउनेछन्। 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell