PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

किन हटाइयो क्रिसमसमा विदा?



पहिलोपोस्ट

ललितपुर : राष्ट्रिय ख्रिस्टियन महासङ्घले क्रिसमसमा दिँदै आएको सार्वजनिक बिदा सरकारले कटौती गरेकोमा असहमति जाहेर गरेको छ।
 
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई महासङ्घले बुझाएको ध्यानाकर्षण पत्रमा बिदा कटौतीको कार्यप्रति असहमति जनाउँदै सार्वजनिक बिदाका लागि पहल गरिदिन माग गरिएको छ।
 
महासङ्घका अध्यक्ष सिबी गहतराजले क्रिसमसका दिन पहिले दिँदै आएको सार्वजनिक बिदालाई गृह मन्त्रालयले केही वर्षदेखि इसाई कर्मचारीका लागि सीमित गरेको बताए। 'सबै ख्रिस्टियन समुदायको आस्था र अधिकारको सम्मान गरेर ख्रिस्टमसका दिन सार्वजनिक बिदाको निर्णय गर्न पनि हामी अनुरोध गर्छौं,' उनले भने। समाधिस्थल उपलब्ध गराउन पनि गहतराजले माग गरेका छन्।
 
गत असारमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले परिपत्रमार्फत परियोजना सम्झौता वा पूर्वसहमति दिँदा धर्मप्रचारसम्बन्धी परियोजना अस्वीकृत गर्न निर्देशन दिएको थियो। यसले गर्दा धार्मिक आस्थामा ठेस पुगेको आयोगका अध्यक्षलाई बुझाइएको विज्ञप्तिमा भनिएको छ।
 
आयोगका अध्यक्ष शर्माले दिइरहेको सार्वजनिक बिदा कटौती गर्न नहुने नै आयोगको दृष्टिकोण भएको बताए। आयोग कार्यान्वयन गर्नेभन्दा पनि दबाब दिने निकाय भएकाले आफ्नो काम गर्ने उनको भनाइ छ। उनले भने, 'हामी दबाब दिन्छौं महासङ्घले ऐन बनाउने समय भएकाले सांसदहरुलाई दबाब दिनुपर्छ।' रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell