PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

ड्राइभरले मोबाइल र गाडी सँगै चलाएपछि दुर्घटना



पहिलोपोस्ट

भीमदत्तनगर : दार्चुलाको गोकुलेश्वरबाट कञ्चनपुरको भीमदत्तनगर आउँदै गरेको बस पूर्व पश्चिम महेन्द्र राजमार्गको गुलरिया–अत्तरिया खण्डस्थित मोहना नदी छेउमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
 
ना ३ ख ९४३६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुनुमा चालकको लापरबाही रहेको इलाका प्रहरी कार्यालय गुलरियाका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले बताएका छन्।
 
घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको छ भने बाँकी सामान्य घाइतेको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ।  
 
'बसमा रहेका प्रत्यक्षदर्शीका अनुसार चालक सुरेन्द्र कुँवर एक हातले मोबाइल समाएर कुराद गर्दै अर्को हातले गीत परिवर्तन र कुहिनाले बस हाँक्दै रहेछन्,' प्रहरी नायब निरीक्षक धामीले भने, 'यात्रुहरुले त्यो नगर्न भन्दाभन्दै बस दुर्घटना भयो।'
 
चालक कुँवर भने फरार छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell