काठमाडौं : नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्यालयको कार्यविभाजन हेरफेर भएको छ। आज बसेको विशेष राजनीतिक समितिले नयाँ कार्यविभाजन गरेको हो। बैठकले प्रशान्त सिंहलाई संयोजक डा. बाबुराम भट्टराईको प्रमुख रणनीतिक सल्लाहकारमा नियुक्त गरेको छ। त्यसैगरी बैठकले केन्द्रीय कार्यालयको संयोजकमा डा. केशवमान शाक्य र सह–संयोजकमा प्रह्लाद लामिछानेलाई जिम्मेवारी दिएको छ। त्यस्तै विद्यार्थी संगठनको उत्प्रेरकको जिम्मेवारी राजु नेपाललाई दिइएको छ।
प्रमुख रणनीतिक सल्लाहकारमा नियुक्त सिंह हार्वड विश्वविद्यालय, अक्सफोर्ड विश्वविद्यालय लगायतका प्रतिष्ठित विश्वविद्यालय र प्रतिष्ठानहरुबाट प्रशिक्षित हुन्। उनले यसअघि नै नेपाल पर्यटन बोर्डको निर्देशक, विश्व बन्यजन्तु कोष, नेपालको निर्देशक लगायतका पदहरुमा रहेर कार्य गरिसकेका छन्।
त्यसैगरी केन्द्रीय कार्यालय संयोजक शाक्य पूर्वमन्त्री (विज्ञान प्रविधि तथा वातावरण) छन् भने उनले धेरै प्रतिष्ठित संस्थाहरुमा कार्यकारी पदमा रहेर काम गरिसकेका छन्। केन्द्रीय कार्यालय सह–संयोजक लामिछाने पूर्वसभासद् (प्रत्यक्ष निर्वाचित) हुन्। त्यस्तै उनी नयाँ शक्ति पार्टी, नेपालको मकवानपुर जिल्ला संयोजकको रुपमा काम गरिसकेका छन्।
बैठकले मंसिर ५ गतेदेखि हुने केन्द्रीय कार्यकारी समितिको बैठकको निम्ति निम्नानुसारको कार्ययोजना कार्यदलहरु पनि गठन गरेको छ :
क) वैचारिक–राजनीतिक तथा साँस्कृतिक अभियान कार्ययोजना
संयोजक: डम्बर खतिवडा
सदस्यहरु: खिमलाल देवकोटा, करिष्मा मानन्धर, अमरध्वज लामा
ख) संगठन निर्माण तथा विस्तार कार्ययोजना
संयोजक: देवेन्द्र पौडेल
सदस्यहरु: केशव दाहाल, रामकुमार शर्मा, कल्पना धमला, पासाङ शेर्पा, कुमार पौडेल, देवराज भारद्वाज
ग) राष्ट्रिय तथा सामाजिक अभियान कार्ययोजना
संयोजक: गंगा श्रेष्ठ
सदस्यहरु: देवेन्द्र पराजुली, रामरिझन यादव, ऋषभदेव भट्टराई, लिली थापा, दुर्गा न्यौपाने, सावित्री लामा, दीपक भट्टराई
घ) आर्थिक स्रोत परिचालन तथा व्यवस्थापन कार्ययोजना
संयोजक: रामेश्वर खनाल
सदस्यहरु: प्रशान्त सिंह, नवराज सुवेदी, सुनिल खड्का
ङ) उत्पादन तथा रोजगार/स्वरोजगार कार्ययोजना
संयोजक: केशवमान शाक्य
सदस्यहरु: लक्ष्मीप्रसाद देवकोटा, जनकराज शाह, प्रदीपमान तुलाचन, प्रेम तामाङ
च) केन्द्रीय अनुगमन कार्यदल
संयोजक: वामदेव क्षेत्री
सदस्यहरु: सविना अर्याल, अशोक श्रेष्ठ, नाथुप्रसाद चौधरी