PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

​फुटसल लिग : किकअफ र कीर्तिपुर फुटसल विजयी



पहिलोपोस्ट

​फुटसल लिग : किकअफ र कीर्तिपुर फुटसल विजयी

काठमाडौं : रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत बुधबार भएका खेलमा किकअफ फुटसल र कीर्तिपुर फुटसल विजयी भएका छन्।

किकअफ फुटसलको होम ग्राउन्ड सीतापाइलामा भएको खेलमा किकअफले बानेश्वर रिक्रियसन सेन्टरललाई ५–० गोल अन्तरले पराजित गर्‌यो। एकपक्षीय खेलमा किकअफका कप्तान समेत रहेका राजेश कुँवरले ह्याट्रिक गरे। 

किकअफका प्रवेश जोशी र कृष्ण लामाले १/१ गोल गरे। किकअफ फुटसललाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कप्तान राजेश कुँवर खेलको म्यान अफ द म्याच घोषित भए।

त्यसैगरी कीर्तिपुरको नगाउँस्थित कीर्तिपुर फुटसलको ग्राउन्डमा भएको अर्को खेलमा कीर्तिपुर फुटसलले ताहाचल फुटसललाई ६–४ गोल अन्तरले पराजित गर्‌यो

कीर्तिपुरको जितमा प्रताप महर्जन, यमन महर्जन र एपेक्स महर्जनले समान २ गोल गरे। ताहाचलका लागि सुदीप बुढाथोकीले दुई गोल गरे भने सुनिल बस्नेत र राज शाहले १/१ गोल फर्काए। यस खेलको म्यान अफ द म्याच ताहाचल फुटसलका सुदीप बुढाथोकी घोषित भए।   

एएमए इभेन्टको आयोजनामा होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन हुने लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टीमले प्रतिस्पर्धा गरिरहेका छन्।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरी सञ्चालन गरिएको लिगमा जम्मा १२५ खेल हुने छन्। अहिलेसम्म १६ खेल सम्पन्न भएका छन्। 

प्रतियोगिताको विजेता टोलीले नगद १० लाख तथा उपविजेताले ५ लाख प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले जनही ५० हजार नगद प्राप्त गर्नेछन्। 





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell