2.jpg)
काठमाडौं : मलेसियाको सेपाङमा सर्किटमा यही अक्टोवर २५ र २६ मा आयोजना हुने सेल एसिया ट्यालेन्ट कप मोटरसाइकल रेसका लागि नेपालका दुई खेलाडी मलेसिया जाने भएका छन्।
एसिया ट्यालेन्ट कपका लागि हुन लागेको छनोट प्रतिस्पर्धामा नेपालबाट दिक्षा श्रेष्ठ र अमन चौधरीले प्रतिस्पर्धा गर्नेछन्। मलेसिया जाने खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अस्मिता गुरुङले बुधबार बिदाई गरिन्।
सेल एसिया ट्यालेन्ट कपमा सहभागी हुन १३ राष्ट्रका २५० जनाभन्दा बढी खेलाडीले सहभागिता जनाउँदै छन्। यस प्रतियोगिताबाट २२ जना खेलाडी एसिया महादेशबाट छनोट हुने छन्।