PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

​द्रुतमार्ग बनाउन प्रधानमन्त्रीलाई दवाव



पहिलोपोस्ट

काठमाडौँ : काठमाडौं–निजगढ द्रुतमार्गअन्तर्गत ललितपुर खोकना, सैंबु र बुङ्मतीका स्थानीयले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी आफ्ना समस्या र मागबारे ध्यानाकर्षण गराएका छन्।
 
नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालको नेतृत्वमा गएको सर्वपक्षीय सरोकार समितिले द्रुतमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गर्दा सरकारले दिने भनिएको मुआब्जा निकै कम भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो।
 
भेटमा सरोकार समितिका पदाधिकारीले जग्गा अधिग्रहण गर्दा प्रचलित मूल्यअनुसारको मुआब्जा दिन, दु्रत मार्ग निर्माण गर्दा स्थानीय संस्कृति एवम् सम्पदाको संरक्षण गर्न र वातावरणीय प्रभाव कम गर्न पनि आग्रह गरेका थिए।
 
प्रधानमन्त्री दाहालले द्रुतमार्ग राष्ट्रिय गौरवको आयोजना भएको र सरकारको प्राथमिकतामा रहेको बताउँदै छिट्टै द्रुतमार्गसम्बन्धी बैठकको आयोजना गरी योजनाको कार्यान्वयन र स्थानीय सरोकारवालाको चासोबारे छलफल गर्ने वचनबद्धता व्यक्त गर्नुभएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell