PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

​गृहले पर्साका एसपी श्रेष्ठलाई फिर्ता पठायो



पहिलोपोस्ट

वीरगन्ज : गृह मन्त्रालयले पर्साका एसपी डा.राजुबाबु श्रेष्ठलाई पर्सा पुनः फिर्ता पठाएको छ। एसपी श्रेष्ठलाई गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा प्रहरी प्रधान कार्यालयमा तानिएको खबर सञ्चार माध्यममा आएपछि उनलाई पर्सा फिर्ता पठाइएको नेपाल प्रहरी स्रोतले जनाएको हो।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी हेमन्त मल्लले जिल्लाका शान्ति सुरक्षाको बारेमा मात्र बुझ्न बोलाएको र त्यो काम सकेपछि उनलाई जिल्ला फिर्ता पठाएको बताए।

प्रहरी स्रोतका अनुसार सञ्चार माध्यममा खबर आएपछि मन्त्री निधि विवादमा फस्नुको डरले गृह सचिव लोकदर्शन रेग्मीलाई जिल्लाको शान्ति सुरक्षाको बारेमा छलछल मात्र गराई जिल्ला पठाउन लगाए।

गृहमन्त्री निधिले हुन्डी कारोबारीलाई कारवाही गरेपछि वीरगन्जका काग्रेसी नेताको गुनासोको अधारमा मगलबार गृह मन्त्रालयमा पर्साका एसपीलाई तान्न लगाएका थिए। यसैगरी, सिरहाको एउटा अपहरण काण्डमा माओवादी केन्द्रका नेता तथा पूर्व शान्ति मन्त्री विश्वनाथप्रसाद साहलगायत १० जना माथि उजुरी दर्ता भएको छ। एक जनालाई ती नेताहरुले अपहरण गरी जबरजस्ती कागजात गराएको उजुरीको अधारमा कारबाही नबढाओस् भन्न उदेश्यले हेडक्वाटर तानिएका सिरहाका एसपी श्याम ज्ञवालीलाई पनि गृह मन्त्रालयले सिरहा फिर्ता पठाएको छ।
दुवै जनाले बिहीबारदेखि आफ्नो कार्यालय सम्हाल्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell