
आगामी नोभेम्बर ८ मा हुने अमेरिकाको राष्ट्रपति पदको चुनावका मुख्य प्रतिस्पर्धी डेमोक्रयाटिक हिलारी क्लिन्टन र रिपब्लिकन डोनाल्ड ट्रम्फबीचको अन्तिम टेलिभिजन बहस गएराति भएको छ।
चुनाव हुनु करिब तीन साताअघि भएको बहसमा रिपब्लिकन उम्मेदवार ट्रम्पले 'यदि चुनावमा आफू हारे त्यसलाई स्वीकार नगर्ने' बताएका छन्। उनले यस चुनावले धोका दिने काम गरेको भन्दै चुवानी हार अस्वीकार गर्ने बताए। लस भेगासमा भएको बहसमा उनले क्लिन्टनलाई 'फोहोरी महिला' भन्दै आरोप समेत लगाए।
विभिन्न यौन काण्डको आरोप लागेसँगै ट्रम्पले मुख्य प्रतिस्पर्धा हुने राज्यहरुमा आफ्नो साख गुमाउँदै गएको सर्वेक्षणहरुले देखाएका छन्।
राष्ट्रपति पदका दुवै उम्मेदवारले टेलिभिजन बहसअघि र पछि हात मिलाउन समेत अस्वीकार गरेका थिए।
यसअघिका दुई बहसमा जस्तै तेस्रो टेलिभिजन बहसमा पनि ट्रम्प र क्लिन्टनले एक अर्कामाथि आरोप-प्रत्यारोप लगाउन छाडेनन्। दुवैले चुनावमा रसियाको रोलबारे समेत आ-आफ्नो धारण प्रस्तुत गरेका थिए।
यसअघि पहिलो बहस २६ सेप्टेम्बर तथा दोस्रो बहस ९ अक्टोबरमा भएको थियो। आगामी नोभेम्बर ८ मा हुने बहुप्रतिक्षीत राष्ट्रपतीय चुनावमा अधिकांश अमेरिकी जनताले भोट हाल्नेछन्।