PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

फिफाको नयाँ वरीयतामा नेपाल १८६ औं स्थानमा कायमै, अर्जेन्टिनालाई पछ्याउँदै जर्मनी र ब्राजिल



पहिलोपोस्ट

फिफाको नयाँ वरीयतामा नेपाल १८६ औं स्थानमा कायमै, अर्जेन्टिनालाई पछ्याउँदै जर्मनी र ब्राजिल

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वरीयतमा नेपाल १८६ औं स्थानमै कायम छ। गत महिना कुनै पनि खेल नखेलेको नेपाल अक्टोबर महिनाको वरीयतामा फेरबदल नभई पुरानै स्थानमा कायम रहेको हो। नेपालको कुल ७४ अंक छ।

दक्षिण एसियाली वरीयतमा भारत सबैभन्दा अगाडि छ भने यसअघि नेपालभन्दा अगाडि रहेको बंगलादेश नेपालभन्दा तल झर्दा भुटानले नेपाललाई उछिनेको छ।

भारत ११ स्थान सुधार गर्दै १३७ औं स्थानमा उक्लेको छ। दक्षिण एसिया छाडेर मध्य एसिया पुगेको अफगानिस्तान ४ स्थान सुधार गर्दै १४५ औं स्थानमा पुगेको छ।

माल्दिभ्स पनि ७ स्थान सुधार गर्दै १५८ औं स्थानमा उक्लेको छ। यस्तै १० स्थान माथि उक्लँदै भुटान १७९ औं स्थानमा पुगेको छ। नेपालभन्दा अगाडि रहेको बंगलादेशले ३ स्थान गुमाएको छ भने १८८ औं स्थानमा झरेको छ।

१ स्थान तल झरेको श्रीलंका १९४ तथा ३ स्थान तल झरेको पाकिस्तान १९७ औं स्थानमा छ।

यस्तै विश्व वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा कायमै छ। अर्जेन्टिनालाई पछ्याउँदै समान १ स्थान सुधार गरेको जर्मनी र ब्राजिल क्रमश: दोस्रो र तेस्रो स्थानमा उक्लेका छन्। यसअघि दोस्रो स्थानमा रहेको बेल्जियम चौथो स्थानमा झरेको छ।

कोलम्बिया १ स्थान तल झर्दै पाँचौमा छ भने चिली पनि छैटौं स्थानमा यथावत छ। फ्रान्स एक स्थार सुधार गर्दै सातौंमा उक्लँदा पोर्चुगल एक स्थान तल आठौंमा झरेको छ। उरुग्वे नवौं स्थानमा कायमै छ भने स्पेन १ स्थान सुधार गर्दै शीर्ष १० मा प्रवेश गरेको छ। वेल्स भने शीर्ष १० बाट बाहिरिँदै एघारौँमा झरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell