PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

​स्प्रिन्ट स्टार बोल्टको डकुमेन्ट्री फिल्म 'आइएम बोल्ट'



पहिलोपोस्ट

​स्प्रिन्ट स्टार बोल्टको डकुमेन्ट्री फिल्म 'आइएम बोल्ट'

'ट्रेबल ट्रेबल' ओलम्पिक गोल्ड मेडलिस्ट जमैकन स्प्रिन्ट स्टार उसेन बोल्टको बारे बनेको डकुमेन्ट्री फिल्म 'आइएम बोल्ट' प्रदर्शनको लागि तयार भएको छ। 

बोल्टको व्यक्तिगत जिवन र खेल करियरको बारेमा तयार पारिएको उक्त फिल्म आगामी नोभेम्वर २८ मा प्रदर्शन हुनेछ। 

लगातार तीन ओलम्पिकमा एक सय, दुई सय र ४ गुणा सय मिटर रिलेमा स्वर्ण जित्दै इतिहास रचेका बोल्टको नाममा तिनै स्पर्धाको विश्व कीर्तिमान रहेको छ। 

२०१६ मा ब्राजिलमै भएको ओलम्पिकमा बोल्टले ३ स्वर्ण जित्दै ओलम्पिकमा कुल ९ स्वर्ण जितेका हुन्।

फिल्ममा बोल्टले प्रतिस्पर्धा गरेको क्षण, उनले हात पारेको उपलब्धी र व्यक्तिगत जिवनका बारेमा पनि समेटिएको छ।

फिल्मलाई युनिभर्सल पिक्चर्सले निर्माण गरेको हो।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell