PahiloPost

Jun 15, 2026 | १ असार २०८३

महाभियोगमा सही नगरेका सांसदलाई एमालेले गर्न लगायो, आइतबार उपस्थित हुन ह्विप



पहिलोपोस्ट

काठमाडौं : नेकपा (एमाले)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध बुधबार संसद् सचिवालयमा दर्ता भएको महाअभियोगको औचित्य र आवश्यकताबारे आफ्ना सांसदलाई जानकारी गराएको छ।
 
व्यवस्थापिका–संसद्मा दोस्रो ठूलो दल एमालेले तेस्रो दल नेकपा (माओवादी केन्द्र) सँग मिलेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त कार्कीविरुद्ध बुधबार संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएको थियो। यसमा एमालेका १०७ र माओवादी केन्द्रका ५० जना सांसदले हस्ताक्षर गरेका छन्।
 
संसदीय दलको आज नयाँ बानेश्वरमा बसेको बैठकमा एमालेले  महाअभियोग प्रस्तावमा हस्ताक्षर नगरेका सांसदलाई हस्ताक्षर गर्न पनि निर्देशक दिएको दलका प्रमुख सचेतक भानुभक्त ढकालले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए।
 
उनले व्यवस्थापिका–संसद्को यही कात्तिक ७ गते आइतबार बिहान ११ बजे बस्ने बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन समेत दिएको बताए।
 
बैठकमा दलका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधव नेपाल, नेता झलनाथ खनालको पनि सहभागिता थियो। नयाँ संविधान जारी भएपछि पहिलो पटक सदनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्धमा महाअभियोग दर्ता भएको हो। यो महाअभियोगका बारेमा सदनको सो दिनको बैठकमा छलफल हुने बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell