PahiloPost

Mar 14, 2026 | ३० फागुन २०८२

राजनीतिक दलबीच छलफल नगरी महाभियोग प्रस्ताव दर्ता गरियो : राप्रपा नेपाल



पहिलोपोस्ट

राजनीतिक दलबीच छलफल नगरी महाभियोग प्रस्ताव दर्ता गरियो : राप्रपा नेपाल

काठमाडौं : राप्रपा नेपालले अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि संसदमा दर्ता भएको महाभियोगबारै आफूहरुबारे कुनै परामर्श नभएको जनाएको छ।

आज एक विज्ञप्ति जारी गर्दै उक्त पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमाथि महाअभियोग लगाउने जस्तो गम्भीर र संवेदनशील विषयको प्रस्ताव राजनीतिक दलहरुका बीचमा पर्याप्त छलफल नभई पेस भएको जनाएको हो।
 
'प्रस्ताव पेश हुनुपूर्व राप्रपा नेपालसँग कुनै परामर्श भएको छैन,' प्रवक्ता राजाराम श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'त्यसर्थ प्रस्तावको विस्तृत अध्ययन गरेर मात्र राप्रपा नेपालले आफ्नो आधिकारिक धारणा तय गर्नेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell