PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

घडियाल गोहीको छाला कारोबारमा संलग्न एक पक्राउ



पहिलोपोस्ट

घडियाल गोहीको छाला कारोबारमा संलग्न एक पक्राउ

काठमाडौं : प्रतिबन्धित दुर्लभ वन्यजन्तुको खरिद बिक्री गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 
केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोली संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत घडियाल गोहीको छाला बिक्री गरेकोमा बर्दिया बासगढी वडा नम्वर ११ बस्ने ४९ वर्षीय मुन्नालाल दमाईलाई पक्राउ गरेको हो।
 
प्रहरीले उनलाई विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज र इलाका प्रहरी कार्यलय बर्दियाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले एक थान छाला समेत बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell