PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

गभरनर्स गोल्डकप : झापा एघार सेमिफाइनलमा प्रवेश, मुम्बईको ओएनजिसी पेनाल्टी सुटआउटमा पराजित



पहिलोपोस्ट

गभरनर्स गोल्डकप : झापा एघार सेमिफाइनलमा प्रवेश, मुम्बईको ओएनजिसी पेनाल्टी सुटआउटमा पराजित

नेपालको झापा एघार सिक्किमको गान्तोकमा जारी ३६ औं गभरनर्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 

पाल्जोर स्टेडियममा बिहीबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा मुम्बईको ओएनजिसी लाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै झापा अन्तिम ४ मा पुगेको हो।

निर्धारित र अतिरिक्त समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो।

सुटआउटमा झापाका प्रवेश कटुवाल, रवी थापा मगर, दिल लोक्तान र कर्ण लिम्बुले गोल गरे। सुमिन मैनालीले भने गोल गर्न सकेनन्। ओएनजिसीका दुई खेलाडीले पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन्।

यसअघि निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएको थियो भने अतिरिक्त समयमा दुवै टोलीले समान १ गोल थपेका थिए।

झापाले फाइनल प्रवेशका लागि आगामी सोमबार पहिलो सेमिफाइनल खेल खेल्नेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell