PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

​महाभियोगका विषयमा मुखै खोलेनन् महेश आचार्यले!



रमेश वाग्ले

​महाभियोगका विषयमा मुखै खोलेनन् महेश आचार्यले!

काठमाडौं : नेपाली कांग्रेसको बिहीबारदेखि केन्द्रीय समिति बैठक पूर्वनिर्धारित थियो। पूर्वनिर्धारित बैठकका लागि एजेण्डा पनि पूर्वनिर्धारित नै थिए। संविधान संशोधन, स्थानीय तहको पुनःसंरचना र निर्वाचन, पार्टीको वर्तमान संगठन र विविध।

तर, बुधबार नै संसद्मा अख्तियार प्रमुख लोकमान सिंह विरुद्ध अप्रत्यासित रुपमा महाअभियोग प्रस्ताव दर्ता भयो। प्रतिपक्षी एमाले र सत्तारुढ माओवादीका सांसदहरुका तर्फबाट महाअभियोग प्रस्ताव दर्ता भयो - त्यो पनि सत्ता साझेदार कांग्रेसलाई जानकारी नदिइ नै।

त्यसैले केन्द्रीय समिति बैठकका लागि तय भएका एजेण्डाभन्दा ज्यादा लोकमानलाई महाभियोग लगाउने प्रस्तावका विषयमा छलफल भयो। बिहन ११ बजेका लगि डाकिएको केन्द्रीय समिति बैठक त्यही कारण दिउँसो दुई बजेका लागि सारिएको थियो। तर, बैठक तीनबजे मात्र सुरु भयो।

बैठकको सुरुवातमै सभापति शेरबहादुर देउवाले हामीले केन्द्रीय समिति बोलाउनुको प्रयोजन अर्कै भए पनि अख्तियार प्रमुखलाई महाभियोग लगाउने प्रस्ताव दर्ता भएकाले यो जल्दोबल्दो विषयमा पनि छलफल आवस्यक भएको बताए। उनले आफूलाई कुनै जानकरी नदिइकन महाभियोग प्रस्तावको तयारी भएको पनि सुनाए। अन्तिममा ल्याउनु पर्छ भनेर गरेको सामान्य प्रस्तावलाई नै कपटपूर्ण ढंगले दर्ता गरेको आरोप लगाए।

त्यसपछि बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले महाभियोग प्रस्तावका विषयमा कुरा राखे। कसैले सिधा समर्थन गर्नुपर्छ भने भने कतिले सत्ता गठबन्धनमा उठेका शंका निवारण गरेर मात्र महाभियोगकका विषयमा टुंगोमा पुग्नुपर्ने धारण राखे।

तर केन्द्रीय सदस्य महेश आचार्यले महाभियोगका शब्द पनि उच्चारण गरेनन्। केन्द्रीय सदस्य गगन थापाले सबैले महाभियोग प्रस्तावका विषयमा धारणा राखे।
 
'महेश दाइले महाभियोग प्रस्तावको समर्थन वा विरोध केही पनि गर्नु भएन,’ केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, 'उहाँ महाअभियोगको विषयमा प्रवेश नै गर्नुभएन।'

त्यसबाहेक केन्द्रीय सदस्य रामकृष्ण यादवले पनि महाअभियोग प्रस्ताव पनि आएको छ भन्ने बाहेक महाभियोगका विषयमा प्रवेश गरेनन्।

उनले संविधान संशोधन मधेसी दको मात्र नभए आफूहरुको पनि माग भएको भन्दै समस्या समाधान हुने र सबै जनताले अपनत्व लिनेगरी संविधान संशोधन हुनुपर्ने बताए।

केन्द्रीय सदस्य गगन थापा र विश्वप्रकाश शर्माले महाअभियोग प्रस्ताव आएको शैलीबारे राजनीतिक व्याख्या विश्लेषण जरुरी भए पनि महाअभियोग प्रस्तावलाई मसर्थन गरेर पारित गर्नुपर्ने बताए।

कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले महाअभियोग प्रस्तावका विषयमा सभापतिले आफ्नो धारणा राखे अरुलाई त्यसमा धारणा राख्न सजिले हुने भन्दै सभापति देउवातिर विषय पन्छाए।

अर्का केन्द्रीय सदस्य रामशरण महतले पनि सभापतिको धारणाको प्रतीक्षा रहेको भन्दै सभापतिलाई सहयोग पुग्ने गरी बोल्ने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell