PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

​युरोपा लिग : म्यानचेष्टर युनाइटेडको जितमा पोग्बाको २ गोल



पहिलोपोस्ट

​युरोपा लिग : म्यानचेष्टर युनाइटेडको जितमा पोग्बाको २ गोल

फ्रेन्च स्टार पउल पोग्बाले दुई गोल गरेपछि युरोपा लिगमा इंगलिस क्लब म्यानचेष्टर युनाइटेडले टर्कीस क्लब फेनरवाचेलाई ४-१ ले पराजित गरेको छ। 

गएराती घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका कप्तान वायन रुनीले पुरै समय खेले। यस्तै विश्व कीर्तिमानी रकममा युनाइटेड पुगेका पोग्बाले पनि २ गोल गर्दै यसअघि राम्रो प्रदर्शन गर्न नसकेको आलोचाना केही कम गरे।

युनाइटेडको जितमा एन्टोनी मार्टियस र जेस लिनगार्डले पनि १/१ गोल गरे। 

यता युनाइटेडका पूर्व खेलाडी समेत रहेका डच स्टार रोविन भान पर्सीले ओल्ड ट्राफोर्डमा फेनरबाचेका लागि सान्त्वना गोल फर्काए।

समूह ए मा दोस्रो जित हात पारेसँगै युनाईटेड ६ अंकका साथ दोस्रो स्थानमा छ। यसै समूहको अर्को खेलमा जोर्यालाई १-० ले हराएको फेयनुर्ड ६ अंक नै रहे पनि गोल अन्तरमा शीर्ष स्थानमा छ।

युनाइटेडले जित हात पारेकै दिन अर्को इंगलिस क्लब साउदह्याम्पटन भने १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको इटालियन क्लब इन्टरमिलानसँग १-० ले पराजित भएको छ। इन्टरको लागि एन्टोनियो कान्ड्रेभाले निर्णायक गोल गरे। 

इन्टरका मार्सेलो ब्रोजोभिकले ७७ औं मिनेटमा रातो कार्डको सामना गरेपनि साउदह्याम्पटनले त्यसको फाइदा उठाउन सकेन र पराजित हुन पुग्यो। यसअघि समूह के मा दुवै खेल हारेको इन्टरको यो पहिलो जित हो। 

यस्तै अर्को इटालियन क्लब फियारेन्टिनाले पनि जित हात पार्दा एएस रोमा भने बराबरीमै रोकिएको छ। निकोला कालिनिकले २ गोल गरेपछि फियोरेन्टिनाले चेक क्लब स्लोभान लिभेरेकलाई ३-१ ले हरायो। रोमा भने अष्ट्रियन विएनसँग ३-३ गोलको बराबरीमा रोकियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell