PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

​लुइस स्वारेजलाई दोस्रो पटक 'युरोपियन गोल्डेन बुट' अवार्ड



पहिलोपोस्ट

​लुइस स्वारेजलाई दोस्रो पटक 'युरोपियन गोल्डेन बुट' अवार्ड

बार्सिलोनाका उरुगवेली स्ट्राइकर लुइस स्वारेजले दोस्रो पटक युरोपियन गोल्डेन बुटको अवार्ड प्राप्त गरेका छन्। 

गत सिजन युरोपमा सर्वाधिक गोल गरेका स्वारेजलाई विहिबार उक्त अवार्ड प्रदान गरिएको हो। उनले २०१५/१६ को सिजनमा ला लिगामा बार्सिलोनाका लागि ४० गोल गरेका थिए।

उनले आफ्नै छोरा छोरी बेन्जामिन र डेल्फिनाबाट अवार्ड ग्रहण गरे। अवार्ड पाएपछि आफ्नो परिवार सबैभनदा महत्वपूर्ण रहेको बताउँदै स्वारेजले भने, 'यस सपनामा बाँच्ने अवसर प्रदान गरेकोमा बार्सिलोनालाई धन्यवाद। बार्सिलोनामा आउँदा मैले कहिलयै पनि टप स्कोरर बन्ने कल्पना गरेको थिइनँ, मेरो चाहमा च्याम्पियन्स लिग जित्ने नै थियो। तर मेरो सहकर्मीहरुको साथ बिना मैले कहिल्यै यो अवार्ड जित्ने थिइन, उनीहरुकै सहयोगले सबै कुरा सम्भव हुँदै आएको छ।'

दुई वर्ष अगाडी लिभरपुलमा रहँदा स्वारेजले क्रिस्टियानो रोनाल्डोसँगै संयुक्त रुपमा यस अवार्ड जितेका थिए।

अहिलेसम्म रोनाल्डोलेनै सर्वाधिक ४ पटक युरोपियन गोल्डेन बुटको अवार्ड जितेका छन् भने लियोनल मेसीले ३ पटक हात पारेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell