
युरोपियन फुटबल संघ युइएफएका नयाँ अध्यक्ष अलेकजान्डर केफरिनले च्याम्पियन्स लिगको फाइनल युरोप बाहिर खेलाउन सकिने बताएका छन्।
स्लाभेनियन केफेरिनले फाइनल आयोजनाका लागि खुल्ला दोबदारी प्रस्तुत गर्न सकिने र न्युयोर्कमा पनि खेलाउने सकिने बताए।
'यो एउटा उपाय हो तर यसका बारेमा हामी सबैले बोल्नुपर्छ', गत महिना युरोपियन फुटबलको सर्वोच्च पदमा नियुक्त भएका केपेरिनले भने।
अहिलेसम्मका ६१ फाइनल युरोपमै आयोजना भएको थियो तर अमेरिका भ्रमणमा निस्कन फ्यानहरुको लागि कुनै समस्या नहुने पनि उनले बताए।
उनले भनेका छन्। 'उदाहरणका लागि पोर्चुगलबाट अजरवैजान जानु र न्युयोर्क जानु उस्तै उस्तै हो। यो युरोपियन प्रतियोगिता हो, त्यसैले यसबारे सोचौं।'
अहिले फाइनल खेलाउने शहर र स्टेडियममको नाम कुनै दाबेदारी बिनै घोषणा गरिँदै आएको छ।
'बिडिङ प्रोसेस एकदमै खुल्ला हुनुपर्छ किनकी यदी च्याम्पियन्स लिग फाइनल वा युरोपा लिग फाइनल राजनीतिक सहयताको रुपमा हुन्छ भने यो राम्रो हुने छैन।' केफरिनले भने।