PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

विद्यालयहरुमा बम बिस्फोट गराउने मुख्य योजनाकारसहित दुई जना पक्राउ



पहिलोपोस्ट

काठमाडौं : असोज ४ गते राजधानीका विभिन्न ११ वटा विद्यालयमा बम विस्फोट गराउने र आतंक मच्चाउने मुख्य योजनकारलाई प्रहरीले पक्राउ गरेको छ।
 
बम काण्डको मुख्य योजनाकार बताउने मीनबहादुर देवकोटा र क्रान्तिकारी कम्युनिस्ट केन्द्रका पार्टी सचिव केशव दाहाललाई प्रहरीले पक्राउ गरेको हो।
 
पक्राउ परेका दुई जनालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने महानगरीय अपराध महाशाखाका एसपी सहकुल थापाले जानकारी दिए। यसअधि प्रहरीले बम काण्डमा सामेल शंकर लाखे, विष्णु पौडेल, चन्द्रबहादुर तामाङ र होमबहादुर खत्रीलाई पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell