PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

एमाले अध्यक्ष ओलीको बंगलादेश भ्रमण स्थगित, रोकिने भए खनाल र नेपाल पनि



पहिलोपोस्ट

एमाले अध्यक्ष ओलीको बंगलादेश भ्रमण स्थगित, रोकिने भए खनाल र नेपाल पनि

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बंगलादेश प्रस्थानको कार्यक्रम स्थगित भएको छ।
 
अध्यक्ष ओली आज दिउँसो बंगलादेशको अवामी लिग पार्टीको २०औं त्रैवार्षिक सम्मेलनमा भाग लिन जाने कार्यक्रम थियो। भ्रमण स्थगितबारे पहिलोपोस्टलाई जानकारी दिँदै नेकपा एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भने, 'अहिलेको पछिल्लो राजनीतिक अवस्थाले गर्दा नै उहाँको भ्रमण स्थगित भएको हो।'
 
एमालेले आइतबार व्यवस्थापिका संसद बैठकमा आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थिति हुन ह्वीप जारी गरिसकेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध बुधबार संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्तावमा हस्ताक्षर नगरेका सांसदलाई हस्ताक्षर गर्न पनि उक्त पार्टीले निर्देशन दिएको छ। एमालेका १०७ सांसदले मात्र हस्ताक्षर गरेका छन्।
  
ओलीको साटो सो सम्मेलनमा विदेश विभाग प्रमुख राजन भट्टराई जाने भएका छन्।
 
त्यस्तै भोलि हुने भनिएको एमाले वरिष्ठ नेता खलनाथ खनाल र आइतबार हुने भनिएको अर्का वरिष्ठ नेता माधवकुमार नेपालको विदेश भ्रमण कार्यक्रमम समेत स्थगित हुने भएको छ। शनिबार नै खनाल जापानमा हुने एक कार्यक्रममा प्रमुख अतिथि भएर जाने कार्यक्रम तय भएको थियो।
 
भियतनाममा हुने अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको सम्ममेलमा भाग लिन आइतबार नेपाल त्यसतर्फ जाने कार्यक्रम थियो। संसदमा महाभियोग प्रस्तावमाथि छलफल गर्नुपर्ने भएकाले बिहीबार मात्र सभामुख ओन्सरी घर्तीले जेनेभा भ्रमण स्थगित गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell