
काठमाडौं : असोज ४ गते राजधानीका विभिन्न ११ वटा विद्यालयमा बम विस्फोट गराउने र आतंक मच्चाउने मुख्य योजनकारलाई प्रहरीले सार्वजनिक गरेको छ।
बम काण्डको मुख्य योजनाकार बताउने मीनबहादुर देवकोटा र क्रान्तिकारी कम्युनिस्ट केन्द्रका पार्टी सचिव केशव दाहाललाई प्रहरीले पक्राउ गरेपछि भर्खरै सार्वजनिक गरेको हो।
यसअधि प्रहरीले बम काण्डमा सामेल शंकर लाखे, विष्णु पौडेल, चन्द्रबहादुर तामाङ र होमबहादुर खत्रीलाई पनि सार्वजनिक गरिएको छ।