PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

​महाभियोगको दवाव दिन सोलिडारिटी फर डा. केसी अलायन्सको र्‍याली



पहिलोपोस्ट

काठमाडौं : सोलिडारिटी फर डा. केसी अलायन्सले लोकमान कार्की माथि दर्ता भएको महाभियोगको प्रस्ताव दुई तिहाई मतले पारित गर्न संसद तथा राजनीतिक दलहरुलाई दबाब दिन आइतबार र्‍याली निकाल्ने भएको छ।
 
कार्तिक ६ गते शनिबार ११ बजे माइतीघर मण्डलामा र्‍याली आयोजना गर्न लागेको आयोजकले जनकारी दिएको छ। लोकमान प्रवृतिको बिरुद्द यो निर्णायक लडाई हो भन्दै लडाईलाई अन्तिम बनाउन राजनीतिक दल, बुद्धिजीवी, लेखक, कलाकार, पेशाकर्मी, नागरिक समाज, संचारमाध्यम, अभियन्ता सबैको समान दायित्व भएकाले सहभागी हुन् आह्वान गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell