PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

मुलुकका अरुभन्दा काठमाडौं शहरमा सस्तो



पहिलोपोस्ट

काठमाडौं : तपाईँले बजार भाउ बढेको अनुभव गर्नु भएको होला। तर, नेपाल राष्ट्र बैंकले भने मूल्य बृद्धि घटेको तथ्यांक सार्वजनिक गरेको छ।
उसले भदौ महिनाको मूल्यबृद्धि दर अघिल्लो वर्षको भदौसँग तुलना गर्दै घटेको जनाएको हो। गत वर्षको भदौमा बजार भाउ ८.६ प्रतिशतले बढेको थियो। यसपाला भने यो घटेर ७.९ प्रतिशतले मात्र बढेको छ।
 
चिनी, चिनीजन्य पदार्थ, फलफुल, दाल तथा गेडागुडी, मदिरा, मसला, लत्ताकपडा तथा जुत्ताको भाउ भने केही बढेको छ।
 
मूल्य वृद्धिको असर अरु ठाउँको तुलनामा काठमाडौंमा कम परेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। पहाडतिर १०.३ प्रतिशतले मूल्य बढ्यो भने हिमालमा साढे सात र तराईमा ७.४ प्रतिशत मूल्य बढेको छ। तर काठमाडौं उपत्यकामा भने जम्मा ६.६ प्रतिशतले मात्र मूल्य बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell