PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

तीन हिरोइन रोमियोको जुलियट बन्दै



पहिलोपोस्ट

काठमाडौं: एचआरके प्रोडक्सनको नयाँ प्रोजेक्टमा एकसाथ तीन नायिका देखिने भएका छन्। शंखर कार्कीको निर्देशनमा बन्ने भएको फिल्म 'रोमियो'मा नयिका निशा अधिकारी, मेलिना मानन्धर र ओशिमा बानुको मुख्य अभिनय रहने भएको हो।

किरण घिमिरेको कथामा बन्न लागेको फिल्ममा तीन हिरोइनको अपोजिटमा देखिँदै छन्- अभिनेताहरु भानु प्रताप ढकाल र हसनराजा खान। फिल्ममा अन्य कलाकार बिपिन मिक्की गुरुङ, विकास खतिवडा, अफिशा श्रेष्ठ, स्यालन महर्जन, दीपा घिमिरे, नविन उपाध्याय लगायत कलाकारको मुख्य अभिनय रहनेछ। 

तारा प्रकाश लिम्बु, योगेश काजी, सुनिला पाण्डे र कुर्बान खानको संगीत रहने फिल्मका गीत हरुमा सन्तोष लामा, मेलिना राई, सहिना श्रेष्ठ, सुनिल पाण्डे र कुर्बान खानको स्वर रहनेछ। 

सुरेश न्यौपाने, सुवास सुबेदी र राम कुमार श्रेष्ठको निर्माण रहने फिल्मलाई रामेश्वर कार्कीले खिच्नेछन्। फिल्मको द्वन्द निर्देशन अष्ट महर्जनले गर्दैछन् भने फिल्म सम्पादन सुरेन्द्र पौडेलको रहनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell