PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

बिबिएसको रिजल्ट आउट



पहिलोपोस्ट

काठमाडौँ : त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत जेठमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातक  तीनबर्से बिबिएस तृतीय वर्षको आंशिकतर्फको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ।
 
परीक्षाका मर्यादाविपरीत  कार्य गर्ने परीक्षा क्रमाङ्क २५०११८, २५०९६१, ३९०२५६ र ३९०७१४ का परीक्षार्थीलाई आगामी दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन पाउने गरी निष्काशन गरिएको त्रिविले जनाएको छ। 
परीक्षाफल नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार र ४९४९ मा एसएमएस गरेर  थाहा पाउन सकिने कार्यालयले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell