PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

​विकास रनिङ शिल्डः भारतीय क्लव युनाइटेडको पोस्टमा संकटाको गोल वर्षा



पहिलोपोस्ट

  • सरिता पौडेल -
चितवन : चितवनमा जारी टुवोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा शुक्रबार संकटा क्लब काठमाडौँ विजयी भएको छ। संकटाले यूनाइटेड फुटबल क्लव खर्साङ भारतलाई ४–२ गोल अन्तरले पराजित गर्यो।

संकटाका विश्व अधिकारी र निराजन खड्काले २/२ गोल गरे। अधिकारी १३ औँ र ७८ औँ मिनेटमा गोल गर्न सफल भए। खड्काले २५ औँ र ७५ औँ मिनेटमा गोल गरे। खर्साङका लागि सुजय गुरुङले ८३ औँ र ८८ औँ मिनेटमा पेनाल्टी मार्फत सान्त्वना गोल फर्काए।

खर्साङका प्रसान्त गुरुङ पहिलो हाफमा रेडकार्ड पाएर बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो ।

प्रतियोगितामा मनाङ मस्याङदी, झापा ११, साहारा क्लव पोखरा र चितवन ११  क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

प्रतियोगिताको विजेताले रनिङ शिल्ड, मेडल तथा नगद ३ लाख रुपैयाँ र उप–विजेताले ट्रफी मेडलसहित नगद एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

ब्वाइज युनियन क्लब काडमाडौँ र हिमालयन शेर्पा क्लब बीच हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell