PahiloPost

Jun 15, 2026 | १ असार २०८३

​विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोङवन चो नेपालमा



पहिलोपोस्ट

​विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोङवन चो नेपालमा

काठमाडौ : तेक्वान्दोको खेलको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ) का अध्यक्ष डा. चोङवन चो शुक्रबार नेपाल आइपुगेका छन्। पाँच दिने नेपाल भ्रमणका लागि आएका डब्लुटिएफ अध्यक्ष डा. चो  लगायत टोलीको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको थियो। 

त्यस्तै भ्रमणको दौरानमा उनले तेक्वान्दोका विभिन्न गतिविधिका बारेमा अध्ययन गर्नेछन्। अध्यक्ष डा.चोले त्यसबिच भगवान गौतम बुद्धको पवित्र जन्मस्थान लुम्बिनी र स्वंयम्भुनाथको दर्शन एवम् भ्रमण गर्नेछन्।

विश्वमा तेक्वान्दो खेलको विकासमा पु¥याएको योगदानको कदर गर्दै चोलाई नेपाल तेक्वान्दो सघंले विशेष अभिनन्दन गर्ने कार्यक्रम रहेको छ। 

यस्तै डा.चोले नेपालमा बरिष्ठ राजनैतिक ब्यक्तित्व र सरकारको उच्च ओहदाका पदाधिकारीहरूसंग शिष्टचार भेटघाट गर्ने कार्यक्रम समेत रहेको सघंले जनाएको छ ।

दोस्रो पटक नेपाल भ्रमणमा आएका अध्यक्ष डा. चो कात्तिक ९ गतेसम्म नेपालमा रहनेछन्। गत वर्षको माघमा भूकम्पबाट प्रभावित क्षेत्रका लागि डब्लुटिएफको तेक्वान्दो ह्युमेनीटेरिन फाउन्डेसन अन्र्तगत राहत कार्यक्रमका लागि उनी नेपाल आएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell