PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

फुटसल लिग : ढुकु र हरिसिद्धि फुटसलको जित



पहिलोपोस्ट

काठमाडौं : राष्ट्रिय फुटसल लिग अन्तर्गत शुक्रबार भएका खेलमा ढुकु फुटसल हव र हरिसिद्धि फुटसलले जित हासिल गरेका छन्।

कप्तान सुरज राउतको दोहोरो ह्याट्रिक मद्वतमा ढुकु फुटसल हवले रजनी फुटसललाई उसैको होम ग्राउन्ड भैसेपाटीमा ८–२ गोल अन्तरले पराजित गरेको हो। एकपक्षीय खेलमा ढुकुका लागि सविन खड्का र सिद्धान्त बस्नेतले एक/एक गोल गरे। 

रजनी फुटसलका लागि रुसन केसीले २ गोल गरे। ढुकु फुटसललाई जिताउन एक्लैले ६ गोल गरेका कप्तान सुरज राउत खेलको 'म्यान अफ द म्याच' घोषित भए ।   

त्यसैगरी हाइवे फुटसल जोरपाटीमा भएको अर्को खेलमा हरिसिद्धिले हाइवे फुटसललाई २–० गोल अन्तरले पराजित गरेको छ। हरिसिद्धिका लागि निरज महर्जन र रैफी महर्जनले एक/एक गोल गरे।  यस खेलको 'म्यान अफ द म्याच'  हरिसिद्धि फुटसलका कप्तान कमल तामाङ घोषित भए।

नेपाली फुटसल इतिहासकै सर्वाधिक पुरस्कार राशि रहेको लिग अन्तर्गत समूह एमा ३ खेल खेलेको ढुकु फुटसल हव ६ अंकका साथ शीर्ष स्थानमा छ। ढुकुले २ मा जित र १ हारको नतिजा निकालेको हो। २ खेल मात्र खेलेको किकअफ फुटसलको पनि ६ अंक छ। 

त्यसैगरी समूह बीमा शंखमुल फुटसलले ६ अंकसहित शीर्ष स्थान ओगट्दा हरिसिद्धि र कुमारी फुटसलले पनि ६ अंक नै जोड्दै शंखमुललाई पछ्याइरहेको छ।  

एएमए इभेन्टको आयोजनामा होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन हुने लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिमको सहभागिता छ।

लिग अन्तर्गत भोली कुमारी फुटसल र ताहाचल फुटसल तथा किकअफ फुटसल इम्पेरियल फुटसलबीच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell