PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

इमाडोलमा मिथेन ग्यास परीक्षण



पहिलोपोस्ट

ललितपुर : उद्योगमन्त्री नवीन्द्रराज जोशीले प्राकृतिक ग्यास (मिथेन) को उत्पादनको नमुना प्लान्टको इमाडोलमा आज अवलोकन गरेका छन्। ग्यास प्लान्ट वैदेशिक सहयोग नभई नेपाल सरकारको खर्चमा निर्माण भएको हो। ग्यास प्लान्ट निर्माणका लागि झन्डै रु १५ लाख खर्च भएको थियो। इमाडोलमा मिथेन ग्यास देखिएको छ तर त्यसको मात्रा जाँच गर्न बाँकी छ। उद्योग मन्त्रालयअन्तर्गतको खानी तथा भू–गर्व विभागले ग्यास उत्खननका लागि ड्रिल गरेको थियो। यो अवलोकन कार्यक्रममा बोल्दै उद्योगमन्त्री जोशीले यस्ता उत्खनन महत्वपूर्ण हुने बताए। उनले यस्ता कामको सुरुआत भएपछि निरन्तरता दिने उल्लेख गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell