
सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबको अफिसियल मस्कटको नाम 'जाबिभाका द वल्फ' राखिएको छ।
अन्य दुई प्रतिस्पर्धी टाइगर र क्याटलाई पछि पार्दै वल्फ मस्कटको लागि छनोट भएको हो। वल्फले ५३ प्रतिशत मत प्राप्त गरेको थियो भने टाइगरले २७ तथा क्याटले २० प्रतिशत मत प्राप्त गर्यो।
इकातेरिना बोचारोभाले उक्र मस्कटको डिजाइन गरेका हुन्। शुक्रबार टेलिभिजन मार्फत सार्वजनिक गरिएको मस्कटलाई फिफा वेवसाइटले ज्योती फैलाउन, आकर्षीत गराउने र विश्वासयोग्य भनेको छ।
लोकल अर्गनाइजिङ कमिटिी प्रमुख तथा रसियन खेलकुद मन्त्री भिटाली मुट्कोले मस्कटको मुख्य रोलको बारे बोलेका थिए।
उनले जाबिभाका मस्कटले सन् २०१७ को कनफेडेरेसन्स कप र २०१८ को विश्वकपमा फ्यानहरुमाझ लोकप्रियता हासिल गर्ने बताए।
यस्तै ब्राजिललियन विश्वकप विजेता रोनाल्डोले मस्कटहरु खेलकुदको एम्बासडर भएको र उनीहरुले स्टेडियममा धेरै आनन्द प्रदान गर्ने बताए।