PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

​म्यानचेष्टर युनाइटेडका पूर्व बोस एलेक्स फर्गुसनलाई जर्मनीमा सम्मान



पहिलोपोस्ट

​म्यानचेष्टर युनाइटेडका पूर्व बोस एलेक्स फर्गुसनलाई जर्मनीमा सम्मान

म्यानचेष्टर युनाइटेडका पूर्व व्यवस्थापक सर एलेक्स फर्गुसन जर्मनीमा प्रतिष्ठित अवार्डबाट सम्मानीत भएका छन्। फर्गुसनलाई शुक्रबार नुरेमवर्गमा वाल्थर बेनसमन अवाडबाट सम्मान गरिएको हो। 

७४ वर्षे स्कटिस बोसलाई फुटबल क्षेत्रमा पुर्‌याएको आउटस्ट्यान्डिङ योगदानको कदर गर्दै सम्मान गरिएको हो।

जर्मन फुटबलका पायोनियर मानिने बेनसमनको मेमारिमा उक्त अवार्ड प्रदान गरिएको हो। उनले सन् १९२० मै जर्मन स्पोर्ट्स म्यागेजिन 'किकर'को सुरुवात गरेको थिए, जुन अहिलेपनि उक्तिकै सक्रिय छ।

फर्गुसनलाई आधुनिक फुटबलको उत्कृष्ट व्यवस्थापकहरु मध्ये मानिन्छ। २६ वर्ष रेड डेभिल्स युनाइटेडलाई सम्हालेका उनले ३८ ट्रफी जितेका थिए। 
यस्तै अविरडिनबाट ३ स्कटिस लिग र ४ स्कटिस कप पनि जितेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell