PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

साइबेरियामा हेलिकोप्टर दुर्घटनामा १९ जनाको मृत्यु, ३ घाइते



पहिलोपोस्ट

साइबेरियामा हेलिकोप्टर दुर्घटनामा १९ जनाको मृत्यु, ३ घाइते

 मस्को : रुसको उत्तरपश्चिम क्षेत्रमा पर्ने साइबेरियामा हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु छ।
 
शुक्रबार राति २२ जना यात्रु बोकेको एमआई–८ हेलिकोप्टर दुर्घटना हुँदा १९ जना घाइते भएको उद्धारकर्ताले जनाएका छन्। साइबेरियाको क्रास्नोयार्सकबाट उरेङगेतर्फ जाँदै गरेके परेको हेलिकोप्टर दुर्घटनामा परेको हो।
 
आपत्कालिन मन्त्रालयको क्षेत्रीय कार्यालयले दुर्घटनाको कारण स्पष्ट नभएको जनाएको छ। घटनामा परी घाइते भएका ३ जनालाई भने उद्धार गर्न उद्धारकर्ताहरु सफल भएको मन्त्रालयले जनाएको छ।

उद्धारकर्ताहरुले चालकहरुको लापर्वाही, यात्रीक समस्या वा अफ्ट्यारो मौसमका कारण दुर्घटना भएको हुन सक्ने बताएका छन्।

घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ। रासस/एएफी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell