PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

माओवादीको हेडक्वार्टरमा लोकमानलाई महाभियोगबारे छलफल हुँदै



पहिलोपोस्ट

माओवादीको हेडक्वार्टरमा लोकमानलाई महाभियोगबारे छलफल हुँदै

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिं‌ह कार्कीविरुद्धको महाभियोग प्रस्तावबारे सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रमा आज बिहानदेखि छलफल भइरहेको छ। 

आफ्नै सांसद प्रस्तावक रहेको र प्रमुख प्रतिपक्षी दल एमालेका सांसद समर्थक रहेको महाभियोग प्रस्तावबारे छलफल गर्न आज बिहान ११ बजेदेखि पार्टीको बैठक हेडक्वार्टर पेरिस डाँडामा सुरु भएको हो। समाचार तयार पारुन्जेल बैठक जारी छ। 

यसअघि संसदीय दलको बैठकमा माओवादी सांसदहरुले अर्कै प्रयोजनका लागि लिएको हस्ताक्षर महाभियोग प्रस्तावका लागि उपयोग गरिएको भन्दै गुनासो गरेका थिए। 

बुधबार छापामार शैलिमा महाभियोग प्रस्ताव दर्ता भएपछि संसद सचिवालयले संविधान अनुसार अख्तियार प्रमुखले कार्यसञ्चालन गर्न नपाउने व्यहोराको पत्र पठाइसकेको छ। बिहीबारको संसद बैठकबाट महाभियोग प्रस्तावबारे छलफल भई संविधान अनुसार महाभियोग सिफारिश समितिमा अनुसन्धानका लागि पठाउने तयारी गरिएको थियो। तर दलहरुबीच थप छलफल आवश्यक भएको भन्दै  बिहीबारको बैठक आइतबारसम्‍मका लागि सारिएको थियो। 

सत्ता साझेदार दल नेपाली कांग्रेसले अहिलेसम्म महाभियोग प्रस्तावलाई के गर्ने भन्ने बारे निर्णय गरिसकेको छैन। उसको केन्द्रीय समितिको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell