PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

​लोकमानलाई महाभियोग किन? ओली भन्छन् - तर्साएर समानान्तर सरकार चलाए



पहिलोपोस्ट

​लोकमानलाई महाभियोग किन? ओली भन्छन् - तर्साएर समानान्तर सरकार चलाए

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले समानान्तर सत्ता चलाएकै कारण महाभियोग प्रस्ताव अगाडि बढाइएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।

महाभियोग प्रस्ताव अगाडि बढाउन दबाब दिन पुगेका विद्यार्थी संगठनका प्रतिनिधिसँग आफ्नै निवास बालकोटमा ओलीले अब संसद पछाडि नफर्कने बताए। उनले कार्कीले अदालत, संसद र सरकारसँग समेत फौजदारी व्यवहार गरेको आरोप लगाए।
 
'अख्तियार प्रमुखले तर्साएर नै समानान्तर सरकार चलाएको स्थिति हो। तर्साएको भरमा कर्मचारीतन्त्र चलाएको अवस्था हो', ओलीले भने, 'हरेकलाई नत्र भने मुद्दा लगाइदिन्छु ... जागरि खाएको छ, सचिव हुने बेलामा मुद्दा लगायो भने त गयो.... सचिव भएकाहरुलाई मौका मिले मुख्य सचिव होउँला भन्ने होला, सहसचिवलाइ सचिव होउँला भन्ने होला, उपसचिवलाई सचिवमा जाउँला भन्ने होला... तिनीहरुलाई त्यहीँ सिध्याइदिन्छु भनेपछि, यस ढंगले एउटा समानान्तर सरकार चलाएको र सरकारी संयन्त्रलाई पङ्गु बनाएको अवस्था हो।'

ओलीको अग्रसरतामा गत बुधबार संसदमा कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो। तर दलहरुबीच राजनीतिक सहमतिको वातावरण नबन्दा महाभियोगको प्रस्तावबारे सदनमा छलफल हुन सकेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell