PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

​बतासे ट्रेल रन जनवरीमा



पहिलोपोस्ट

​बतासे ट्रेल रन जनवरीमा

काठमाडौं : फ्रेन्ड्स अफ हिमालय चिल्ड्रेन र अल्ट्रा ट्रेल नेपालको संयुक्त आयोजनामा दोश्रो बतासे ट्रेल रन जनवरी १३ तारिखमा हुने भएको छ।

ट्रेल रनको मुख्य आकर्षण ६५ किलोमिटरको अल्ट्रा दौड हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक हिमालय चिल्ड्रेनका अध्यक्ष सोम तामाङले जानकारी गराए। 

ट्रेल रन ठमेलस्थित सञ्जय कोषको भवन अगाडिबाट सुरु भई महाराजगन्ज, नारायणथान, शिवपुरी राष्ट्रिय निकुञ्जको गेट, झुले, चिसापानी, पाटी भञ्ज्याङ, थकनीचौर, धौलेडाँडा, धुसेनीचौर, मेलम्ची बजार, तालामाराङहुँदै सिन्धुपाल्चोकको बतासेमा टुंगिने छ।

ट्रेल रनमा शीर्ष स्थान हात पार्नेले नगद ५० हजार पुरस्कार प्राप्त गर्नेछन भने दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। अस्ट्रेलिया र स्पेनबाट पनि खेलाडीको सहभागी हुने अपेक्षा गरेको अध्यक्ष तामाङले जानकारी दिए।

त्यस्तै सिन्धुपाल्चोकका स्थानियलाई अवसर दिने उद्देश्यले पुरुष/महिलाको २५ किलोमिटर दूरीको प्रतिस्पर्धा पनि राखिएको छ। यस स्पार्धमा विजेताले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार जित्ने छन्।

१६ वर्षमुनि ब्वाइज÷गल्र्सको १२ किलोमिटर स्पर्धामा पनि समावेश गरिएको छ। यसमा विजेताले ३ हजार, उपविजेताले २ हजार र तेश्रोले १ नगद पुरस्कार हात पार्ने छन्।

तीनै स्पर्धामा गरी करिब ३ सय ६० खेलाडीको सहभागिता अनुमान गरिएको बताइएको छ। प्रतियोगिता सञ्चालन गर्न १५ देखि २० लाखसम्म खर्च हुने अनुमान आयोजकको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell