PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

​मेसीले अन्तिम मिनेटमा गोल गरेपछि भ्यालेन्सियालाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा



पहिलोपोस्ट

​मेसीले अन्तिम मिनेटमा गोल गरेपछि भ्यालेन्सियालाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा

लियोनल मेसीले इन्जुरी टाइमको अन्तिम मिनेटमा पेनाल्टीबाट गोल गरेपछि बार्सिलोना भ्यालेन्सियालाई हराउँदै स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ।

निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपनि इन्जुरी टाइमा पाएको पेनाल्टीमा मेसीले गोल गरेपछि बार्सिलोनाले भ्यालेन्सियालाई ३-२ ले पराजित गरेको हो।

जितसँगै ९ खेलबाट १९ अंक जोडेको बार्सिलोना दुई मड्रिड क्लबलाई पछि पार्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ।

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलको २२ औं मिनेटमा मेसीले व्यक्तिगत पहिलो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा एक गोलले पछि परेपनि भ्यालेन्सियाले दोस्रो हाफको सुरुवातमै दुई गोल गर्दै अग्रता लिएको थियो। ५२ औं मिनेटमा बार्सिलोनाकै पूर्व खेलाडी मुनिर अल हड्डाईले गोल गर्दै खेल बराबरी गरेका थिए भने ५६ औं मिनेटमा रोड्रिगोले गोल गरेपछि भ्यलोन्सियाले २-१ को अग्रता बनाएको थियो। 

तर भ्यालेन्सियाको अग्रता धेरैबेर टिकेन। ६२ औं मिनेटमा लुइस स्वारेजलले गोल गरेपनि बार्सिलोनाले खेल २-२ को बराबरीमा पुर्यायो।
अन्तिम समयसम्म पनि खेल बराबरीतर्फ धकेलिरहेको अवस्थामा बार्सिलोनाले पेनाल्टी पाएपछि मेसीले गोल गर्दै बार्सालाई जित दिलाए।

जितपछि कम्तीमा पनि बार्सिलोना २४ घण्टाका लागि शीर्ष स्थानमा रहनेछ। बर्सिलोनाको जितपछि दोस्रो स्थानमा झरेको एथ्लेटिकोले आइतबार चौथो स्थानको सेभियासँग प्रतिस्पर्धा गर्नेछ भने तेस्रो स्थानको रियलले छैटौं स्थानको एथ्लेटिक विल्वाओसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell